जुम्ला : महाशिवरात्री तथा सेना दिवसकाे अवसरमा जुम्लामा नेपाली सेनाले दौड प्रतियोगिता सम्पन्न भएकाे छ ।
नेपाली सेना र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउने उदेश्यले नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डाको आयोजनामा नेपाली सेनाले जुम्लामा Run For Helth नारा दिइएकाे दौड प्रतियोगिता गरेको हो ।
प्रतियोगिता ४० वर्ष माथिका र ४० बर्ष मुनिका उमेर समुहकाे आधारमा २ भागमा विभाजन गरिएकाे थियाे ।जसमा ४० वर्ष माथीका लाई ५ किलोमिटर र ४० वर्ष मुनिका लाई ९ किलोमिटर दुरीको दौड प्रतियोगिता भएको थियो ।

जसमा ४० वर्षमाथिका ५ किलोमिटर दौड प्रतियोगितामा नरेन्द्र बहादुर मल्ल प्रथम, हरि रोकाया द्वितीय र दिल बहादुर रोकायाले तृतीय स्थान हासिल गरेका थिए ।
यस्तै ४० वर्ष मुनिको ९ किलो मिटर दौड प्रतियोगितामा नरेन्द्र बुढा प्रथम, प्रकाश कठायत द्वितीय र अंगद धामीतृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, र तृतीय हुने खेलाडीलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियाे ।
सेना दिवसकै अवसरमा धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिएको थियाे ।