जुम्लाकाे पातरासीमा प्रभु बैंककाे वित्तीय साक्षरता कार्यक्रम

महेश चाैलागाँई ३० कार्तिक २०७९, बुधबार १६:२०

जुम्लाकाे पातरासी गाउँपालिका उर्थुमा प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे छ।आम नागरिकलाई बैंक तथा वित्तीय संस्थाबारे जानकारी दिने उदेश्यले बैंकले कार्यक्रम सञ्चालन गरेकाे जुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले बताए।

‘ग्रामिण भेगमा अझै पनि आफूसँग भएकाे पुँजीलाई सुरक्षित रुपमा चलायमान बनाउने चलन छैन,’ उनले भने, ‘हामीले खाता सञ्चालन, लगानी र त्यसबाट लिन सकिने लाभकाे विषयमा कार्यक्रम गरिरहेका छाैं।’

पछिल्लो समय बैंककाे जुम्ला शाखाले नयाँ खाता सञ्चालन गर्ने, बचत गर्ने बानीकाे विकास गर्ने लगायतका विषयमा नागरिकसँग निरन्तर अन्तरक्रिया गरिरहेकाे शाखा प्रमुख आचार्यले जानकारी दिए।

उनका अनुसार नागरिकमा वित्तीय संस्थाबारे सकारात्मक धारणा बन्दै गएमा लगानी गर्ने, आफ्नाे पेशा व्यसायलाई विस्तार गर्ने बानीकाे विकास हुनेछ।

‘प्रभु बैंकले निरन्तर वित्तीय शिक्षा दिने काम गरिरहेकाे छ,’ उनले भने, ‘बैंकमा आम नागरिककाे विश्वास बढाउने हामी जनस्तरमा गइरहेका छाैं।’

प्रभु बैंकले यस अघि जुम्ला बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम पनि गरेकाे थियाे।

Next Post

जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

३० कार्तिक २०७९, बुधबार १६:२०
जुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेका तिला ९ की भिरबाट लडेर मृत्यु भएको हो । गह्रामा मल राखेर घर फर्कदै गर्दा घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेर अन्दाजी ३० वर्षीया ललिता थापाको मृत्यु भएकाे स्थानीय मोतिराम बुढाले जानकारी दिए । बुढाका […]