कर्णाली राजमार्गमा मिनिबस दुर्घटना,२ जनाकाे ज्यान गयाे १० घाइते

रबि नेपाली २७ फाल्गुन २०७७, बिहीबार १४:४७

जुम्ला: कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा कालिकोटको साविककाे भर्तागाविस वडा नम्बर–९ का अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेको प्रहरीले जानकारी दिएको छ ।

कालिकोट देखि सुर्खेतका लागि छुटेको ०२००१ ख २४७ नम्बर बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुप श्रेष्ठले जानकारी दिए । १० जना मध्ये ७ जना घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको डिएसपी श्रेष्ठले बताए ।
बस राजमार्गबाट करिब ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १८ यात्री सवार रहको दिए ।

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

२७ फाल्गुन २०७७, बिहीबार १४:४७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि तीन जनाको नाम सिफारि भएकाेछ । तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीको अध्यक्षतामा गठन भएको कर्णाली, पाटन र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले ३जनाकाे नाम सिफारिस गरेको छ। मन्त्रालय स्रोतका अनुसार बुधबार तीनवटै प्रतिष्ठानका लागि तीनरतीन जनाको नाम सिफारिस गरेको हो। […]