कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार मानिने जुम्ला अहिले आन्तरिक र बाह्य दुवै पर्यटकको रोजाइमा पर्न थालेको छ। प्राकृतिक सुन्दरतासँगै यहाँको मौलिक संस्कृति, परम्परागत खानपान र स्थानीय आतिथ्यले पर्यटकलाई आकर्षित गर्दै आएको छ। यही क्रममा चन्दननाथ नगरपालिका–६ मा सञ्चालक राजेश महतकाे चिया साइट सञ्चालनमा आएको छ, जसले पर्यटकलाई स्वादिष्ट परिकार र आरामदायी भेटघाट स्थल प्रदान गर्ने लक्ष्य लिएको छ।
चिया साइट जहाँ पर्यटकले स्वादिष्ट परिकार र चपाउने चिया चाख्न सक्ने, साथै स्थानीय उत्पादन र रोजगारीमा योगदान पुग्ने स्थान।
पकौडा, मुस्ताङी आलु, चप फेरेन्स फ्राइ, चिकेन बिरयानी, चाउमिन, हट विङ्स, क्रिस्पी चिकेन, फ्राइ राइस, चिकेन पकौडा र मःमः जस्ता व्यञ्जनहरू यहाॅं आउने ग्राहकका लागि उपलब्ध छन्। साथै, चिया संस्कृतिलाई अझ जीवित राख्दै मट्का चिया, मसला टी र ग्रीन टी पनि यहाँको विशेष आकर्षणका रूपमा रहेको छ।
सञ्चालक महतका अनुसार चिया साइट केवल खानपिनको थलो मात्र नभई स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने माध्यम पनि हो। उनले भने, हामीले परिकारमा सकेसम्म स्थानीय तरकारी, मसला र अन्नको प्रयोग गरेका छौं। यसले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्नेछ।
स्थानीय युवाले रोजगारीका अवसर पाउने, किसानले उत्पादन बेच्न पाउने र पर्यटकले नयाँ स्वाद चाख्न पाउने यी सबै कारणले चन्दननाथ–६ मा सञ्चालनमा आएको यो चिया साइट जुम्लाको आर्थिक र सामाजिक जीवनमा महत्वपूर्ण योगदान गर्ने सनचालक महतले जनाएका छा



