माओवादी केन्द्र कपिलवस्तुका नेता माथि अज्ञात समुहद्वारा गोली प्रहार

हिमशिखर संवाददाता ६ जेष्ठ २०७८, बिहीबार ०९:३०

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो ।
मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।

गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

Next Post

गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

६ जेष्ठ २०७८, बिहीबार ०९:३०
गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो । रामबहादुर थापा,लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, र टोपबहादुर रायमाझीको पद खारेज भएको […]