जुम्लाकाे तिला गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता प्रक्रिया अगाडि बढाएको छ। पालिकाले सेवा प्रवाह र विकास निर्माणलाई मध्यनजर गर्दै उपभोक्ता समितिसँग योजना सम्झौताकाे काम थालनी गरिएको हो।
नीति तथा कार्यक्रम र हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगरे उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता थालिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। ‘गाउँपालिकाले स्थानीयबासीको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमै सम्झौताकाे काम अगाडि बढेको छ।’
स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भएकाले गाउँपालिकाका अध्यक्ष सहितको टोली वडाका टोलटोलमा पुगेर योजना सम्झौता गरिरहेको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताए। उनले भने, ‘कामको सुरुवात वडा नम्बर -३ बाट गरेका छौं। गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजना सहित सम्झौता गरेको हो।’- कनका खबर बाट साबाहार
बुधबार सो वडामा चालु आर्थिक वर्षमा छनौट भएका योजनाको सम्झौता गरिएको छ। गाउँपालिकाबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले बताए।
याेजना सम्झौता गर्न बाँकी उपभोक्ता समितिसँग दश दिन भित्र सम्झौता गरिसक्ने गरि वडामा कर्मचारी परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए।
उपभोक्ता समितिलाई सुशासन कायम गर्न क्रियाशील, सिर्जनशील बनाई वडामै पुगेर प्राविधिक कर्मचारीदेखि प्रशासन शाखाका सबै कर्मचारी योजना सम्झौतामा लागिपरेको तिला गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चाैलागाईंले बताए।
‘पालिकाका कतिपय वडा धेरै टाढा रहेका छन्। गाउँपालिकासम्म योजना सम्झौता गर्न आउँदा कागजात अपुगहुने र उपभोक्तालाई खानबस्न समस्या हुने देखिन्छ,’ उनले भने।
प्रधानमन्त्री राेजगार र मुख्यमन्त्री राेजगार कार्यक्रमका आयाेजनाकाे सम्झौता तथा बेरोजगार व्यक्ति दर्ता सम्बन्धि अभिमुखिकरण कार्यक्रम समेत वडामा हुने तिला गाउँपालिकाले जनाएको छ।



