दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाकाे ज्यान गयाे

हिमशिखर सम्वाददाता सुर्खेत ५ जेष्ठ २०८०, शुक्रबार ११:०७

दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गएकाे छ ।

गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे हिजाे बेलुका ज्यान गएकाे हाे ।

आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयाे।

घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

Next Post

नीति तथा कार्यक्रम पारित

५ जेष्ठ २०८०, शुक्रबार ११:०७
मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत […]