एति बेला सहकारी आन्दोलन देशैभरी चलरिहेको छ । देशमा रहेका बिभिन्न सहकारीले बचत कर्ताको रकम हिनामिना गरि बचत रकम सम्म फिर्ता नगरेको भन्दै आन्दोलन भइ रहेको छ । यसै क्रममा जुम्लामा पनि सहकारीले आफ्नो बचत फिर्ता नगरेको भन्दै आन्दोलन सुरु गरेका छन् । जुम्लाको दियालो बहुउदेश्यीय सहकारी संस्थले बचत कर्ताको बचत फिर्ता नगरेको गुनासो गदै आन्दोलन गरेका छन् । एति बेला बचत कर्ता आन्दोलन गर्दै सडकमा आएका छन । उनीहरुले दियालो सहकारीले आफुले राखेको बचत गरेको रकम फिर्ता गर्न अनाकानी गरेको गुनासो गर्दै आन्दोलनको सुरुवात गरेका छन् ।
बचत कर्ता साउनी महताराको बचत २ लाख २ हजार एउटा र अर्को १ खाल ६० हजार रहेको बताइन । उनले आफुले दाउरा ,आलु बेचेर जम्मा गरेको पैसा पनि सहकारीले फिर्ता दिन आनाकानी गरेको गुनासो गरेकी छन् । उनले भनिन् पटक पटक दियालो बहुउदेश्यीय सहकाको कार्यालयमा बचत फिर्ता गरि दिनको लागि धाउदा समेत आफ्नो बचत फिर्ता नपाएको बताइन् । उनका अनुसार आफुले जुम्लामा रहेको दियालो बहुउदेश्यीय सहकारी संस्थामा रकम जम्मा गर्न थालेको २०८० माघमा २ वर्ष भएको दाबि गरेकी छन् ।
यस्तै अर्का पिडित मुन बहादुर बुढाको पनि ८ लाख बचत छ । उनले पनि बचत फिर्ता नपाएको दुखेसो गरे । उनी भन्छन आलु बचेर आधा पेट खाएर बचत गरेका हौँ । तर अहिले सहकारीले बचत माग्न आउदा एक हजार दिने गरेको छ । यहि बचत नपाएका कारण बच्चाहरुको पढाईमा बाधा भइरहेको समेत उनको गुनासो रहेका छन् ।
मुन बहादुरलाई अहिले बच्चा पढाउन, कोठा भाडा तिर्न रकम अभाव भएकाले आफुले खाईनखाई जम्मा गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गर्दा मुस्कील भएको बताए । सहकारीले रकम फिर्ता गर्नका लागि आलटाल गरेको उनको आरोप रहेको छ ।
अहिले सहकारीका कर्मचारीले जे गरे गर हामी बचत फिर्ता नदिने भनेर धम्काउने गरेको समेत बचत कर्ताको गुनासो रहेको छ । यस्तै बचत कर्ता नन्द बुढाको पनि सोही सहकारी बाट ८ लाख बचत लिनु पर्ने बताए । उक्त सहकारीका व्यावस्थापक दिपक शाहले उनलाई असारमा पैसा दिने भनेर भनेको बताएका छन् ।
२०६६ साल साउन २६ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाको १ देखि ७ सम्म, तातोपानी गाउँपालकिाको वडा नम्बर ४ र गुठिचौर गाउँपालकिाको वडा नम्बर ५ मा कार्य क्षेत्र तोकेर चन्दननाथ गाउँपालिका ६ मा मुख्य कार्यालय स्थापना गरि दियालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड स्थापना भइ काम संचालन गर्दै आईरहेको छ । यस्तै यता,सहकारीका सञ्चालक समतिकिा अध्यक्ष टेकबहादुर शाही काेलकत्तामा छन भने व्यवस्थापक दिपक शाह काठमाडौंमा रहेको पाइएको छ । संस्थाले बचत कर्ताको १९ करोड ५० लाख मध्ये १८ करोड रकम तिर्न बाँकी रहेको व्यवस्थापक दिपक शाहले बताए । उनका अनुसार संस्थामा १ करोड ५० लाख शेयर लगानी छ भने संस्थाले ऋण लगानी ३४ करोड गरेको बताएका छन् ।
बितेको डेढ वर्षको अवधीमा संस्थाले ३ करोड ऋण लगानी मात्रै उठाउन सकेको छ । व्यवस्थापक शाहले भने, आगामी चैत अन्तिम सम्म सबैको पैसा फिर्ता गर्ने तयारी रहेको बताए । उनले भने सहकारीका अध्यक्षको नेपालगंजमा रहेको जग्गा र चितवनमा रहेको जग्गा बिक्रि गरेर भए पनि बचत कर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।