अशाेक नमुनाद्वारा २ सय विद्यार्थीलाई झाेला र शैक्षिक सामग्री वितरण

हिमशिखर संवाददाता १३ आश्विन २०७७, मंगलवार २०:२२

लकडाउन लगत्तै आपतमा परेका विद्यार्थीलाई राहत र अध्ययन सामग्री उपलब्ध गराएकाे अशाेक नमुना आधारभूत विद्यालयले यतिबेला २ सय जना लाई पुन: झाेला र शैक्षिक सामग्री उपलब्ध गराएकाे छ।

न्यानो स्वागत नेपालको आर्थिक सहयोग र कर्णाली स्पाेर्ट क्लबको समन्वयमा विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री र झोला वितरण गरिएको अशोक नमुनाका अध्यक्ष महेन्द्र कार्कीले बताए।

हिमशिखर अनलाइन संग कुरा गर्दै अध्यक्ष कार्कीले’लामो समयको लकडाउनबाट प्रभावित विपन्न बालबालिकालाई राहत र पढ्ने बानी विकासका लागि शैक्षिक सामाग्री र झाेला वितरणकाे प्रबन्ध मिलाएकाे जानकारी गराएका छन
विद्यालयकाे व्यवस्थापन राम्राे भएकाले विद्यार्थी संख्या बढेको छ। सामुदायिक विद्यालय प्रति अभिभावक तथा बालबालिकाको आर्कषण बढाउनका लागि विभिन्न निकायसँग सहकार्य गरी उदाहरणीय कदम चालिएकाे कार्कीले थपे।

‘हामीले विद्यालयमा जीवन उपयाेगी र गुणस्तरीय शिक्षा प्रदानका लागि हरेक हप्ता सृजनात्मक गतिविधि गरिरहेका छाैं,’ उनले भने, ‘काेराेना महामारीले केही असर गर्‍याे। तर आगामी शैक्षिक शत्रमा विद्यार्थी टाँठा बनाउने काेशिस जारी रहनेछ।’

कोरोनाका कारण बालबालिकाको पढाई बाधा भएपछि विभिन्न निकायसँग सहकार्य गरी बेलाबेलामा सन्दर्भ सामाग्री वितरण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
लामाे समय विद्यार्थी नभएर सुख्खा रहेकाे अशाेक नमुना आधारभूत विद्यालय लकडाउन अघि शैक्षिक सत्रकाे पहिलाे दुई महिना हरावरा थियाे।

लकडाउन यता नखुलेपछि विद्यालय फेरि उस्तै देखिएकाे छ। तथापि याे विश्वका अधिकांश विद्यालयहरुले भाेगेकाे समस्या हाे।

अशाेक नमुनाले आफ्ना विद्यार्थीसँग नियमित सम्पर्क, अभिभावकहरुसँगकाे सामिप्यता र शिक्षकहरु समेत परिचाल गराउनलाई व्यवस्थापन समिति सक्रिय रहेपछि विद्यालय एक कदम अगाडि बढेकाे छ।

काेराेना माहामरीकाे विश्वव्यापी प्रभावसँगै शिक्षा क्षेत्र नराम्ररी प्रभावित बनेकाे बेला स्कुल, विद्यार्थी र किताब, कापीकलम अपरिचित भएका छन्। तथापी अशाेक नमुना आधारभूत विद्यालयले नियमित सम्पर्क गर्ने काेसिस गरिरहेकाे छ।

Next Post

महामारीमा बैंक र वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन: गभर्नर अधिकारी

१३ आश्विन २०७७, मंगलवार २०:२२
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महामारीकाे बेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुभन्दा पनि आफ्नो व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षलाई आग्रह गरे। कोभिड–१९ […]