जुम्लाको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तातोपानी गाउँपालिकाको हाँकुचौरमा मा सुरु भएको छ । तातोपानी गाउँपालिका वडा नम्वर ६ को आयोजनामा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हाँकुचौरमा आजबाट सुरु भएको हो । रनिङ शिल्डमा जिल्लाका कुल आठ स्थानीय तह मध्य ६ वटा मात्रै पालिकाले सहभागिता जनाएका छन् ।
आज जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले १४ औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । तातोपानी गाउँपालिका, तिला, हिमा, सिंजा, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाले सहभागिता जनाएका छन् । जुम्लाका गुठिचौर र पातारासी गाउँपालिकाबाट सहभागि नभएको तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले जानकारी दिएका छन् ।
भोलि सञ्चालन हुने पुरुष भलिबलको पहिलो खेल तातोपानी गाउँपालिका र कनकासुन्दरी गाउँपालिका बिच हुने रेफ्री सन्देश शाहिले जानकारी दिएका छन् । विद्यालयमा अध्ययनरत बालवालिकाको खेल प्रतिभा पहिचान र उजागर गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कोशेढुंगा सबित हुने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले बताइन । अतिथि, खेलाडी र दर्शकलाई स्वागत गदैए उनले खेलाडीलाई आफ्नो खेल कौशल सँगै अनुशासन प्रदर्शन गर्न आग्रह समेत गरिन् ।
उनले बालवालिकालाई खेल क्षेत्रमा आकर्षित र उत्प्रेरित गर्न तथा खेलका माध्यमबाट जिल्ला चिनाउन स्थानीय तहले सोच्नुपर्ने बताएकि छन् । आज बाट सुरु भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिन दिन सम्म सञ्चालन हुने छ । प्रतियोगितामा छात्र छात्रा भलिवल, सटफुट, हाइजम्प, लमजम्प, ज्याबलिङ थ्रो, दौड लगाएतका विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।