दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु थप सामग्री

हिमशिखर सम्वाददाता सुर्खेत ८ चैत्र २०७९, बुधबार १२:१९

दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका-३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताउनुभयाे ।

सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ । माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2023/03/101805/

Next Post

एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो

८ चैत्र २०७९, बुधबार १२:१९
नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ। शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए। चैत ७ […]