जुम्लाका साढे ५४ हजारबढी नागरिकलाई टाईफाईड विरुद्धको खोप लगाईने भएको छ । नेपाल सरकारको भुकम्प प्रभावित जिल्लाहरुमा खोप अभियान २०८०–८१ अन्तरर्गत जुम्लाका (१६ देखि ४५ वर्ष उमेर समुह) का ५४ हजार ६ सय ३५ जना नागरिकलाई टाईफाईड विरुद्धको खोप लगाईने भएको हो । जुम्लाको जनसंख्या करिब १ लाख २० हजार बढी छ । जसमध्य खोप उमेर समुहका साढे ५४ हजारलाई खोप लगाईने तयारी छ ।
भुकम्प प्रभावित जाजरकोट,रुकुम पश्चिम,लगायतका जिल्लामा खोप अभियान चलाउने राष्ट्यि कार्यक्रम अनुसार जुम्लामा पुष ८ गतेदेखि १३ गतेसम्म खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
उनका अनुसार खोप अभियानका लागि एक सय २० जना खोप कार्यकर्ता, दुई सय ४० जना स्वयम सेवक परिचलान गरिने छन् । भने तीन सय वटा खोप सेसन सञ्चालन हुने छन् ।
पहिला कुनै खोप लगाएर एलर्जी भएका,एड्स भएको अबस्था,हालै उच्च ज्वरो ,सिकिस्त विरामी भएको,गर्भवती महिला र ६ महिनाभित्र स्तनपान गराई रहेका महिलालाई भने टाईफाईड विरुद्धको खोल नलगाईने प्रमुख सापकोटाले जानकारी दिए ।
पुष ८ गतेदेखि हुने खोप अभियान दुई चरणमा सञ्चालन गर्ने कार्यतालिका छन् । जसमा पहिलो चरणमा पुष ८ गतेदेखि १० गते सम्म कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । भने, दोस्रो चरणमा पुष ११ गतेदेखि १३ गते सम्म चन्दननाथ नगरपालिका सहित,गुठिचौर,पातारासी,तातोपानी र तिला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ । ।
रोग प्रतिरोधात्मक क्षामता बढाउन टाईफाईड विरुद्धको खोप अनिवार्य हो भन्ने कुरा जनचेतना अभिबृद्धिमा जोड दिन जरुरी देखिन्छ । । जुम्लामा मंगलबार आयोजित सरोकारवालाको बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने साँझा प्रतिबद्धता गरेका छन् । गाउँगाउँमा जनचेतना अभिबृद्धि,प्रचार प्रशारण,शान्ति सुरक्षा,खोप केन्द्र छनोट,खटिने जनशक्तिलाई तालिम लगायत विभिन्न सबालमा समन्वय सहकार्य र सहयोग गर्र्ने सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लाका साढे ५४ हजार नागरिक नछुट्ने गरी टाईफाईड विरुद्धको खोप अभियान सम्पन्न गर्न पत्रकार,नागरिक समाज,सुरक्षा निकाय,जनप्रतिनिधि सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले भने,“पुर्वतयारीलाई मजबुद बनाउँ । भुकम्प प्रभावित जिल्लामा टाईफाईडको प्रकोप फैलिन सक्ने जोखिम न्युनिकरणका लागि खोप अभियान कोशेढुंगा सावित हुने छ । सबै पालिकामा आबश्यक समन्वय गरिने छ ।”
यसअघिनै ६ महिनादेखी १५ वर्ष मुनीका बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाई सकेकोले अभियान अन्तरर्गत १६ देखी माथि ४५ वर्षमुनीका नागरिकलाई खोप लगाईने भएको छ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले खोप अभियान सफल बनाउन र सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन सुरक्षा निकायले भरपुर सहयोग गर्ने उल्लेख गरे । गाउँमा खोप किन लगाउने ? खोप लगाएपछि के फाईदा हुन्छ भन्ने सोचाई रहेकोले ब्यापक प्रचार प्रशारमा जोड दिनुपर्नेमा प्रजिअ घिमिरेको जोड छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) प्रतिनिधि तथा डाक्टर पुरुषोत्तम सडाईले कुनै पनि क्षेत्रमा भुकम्प लगायतका विपद्पछि टाईफाईडको प्रकोप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सञ्चालन गरेको बताए ।
उनले भने,“रोग प्रतिरोधात्मक क्षामता बढाउन टाईफाईड विरुद्धको खोप लगाउन अनिवार्य छ । खोपबाट कोहि नछुटोन्,कोहि नदोहोरिउन भन्दै शतप्रतिशत नागरिकलाई खोपको पहुँचमा पुराउने सरकारको लक्ष्य छ । सोहीअनुसार जुम्लाका खोप लक्षित उमेर समुहका सबैलाई खोप लगाउन आबश्यक समन्वय सहकार्यमा जोड दिन जरुरी छ ।= कर्णाली मिसन बाट साबार ”