खाेया प्रहारपछि रविले भने- म यसलाई सजाएर राख्नेछु

महेश चाैलागाँई ७ पुष २०८०, शनिबार १८:१६

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएकाे खाेया फ्रेममा सजाएर राख्ने बताएका छन्।

पाेखराकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफूमाथि एक व्यक्तिले प्रहार गरेकाे खाेया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने लामिछानेकाे भनाइ छ।

शनिबार पाेखरामा आयाेजित पार्टीकाे सभालाई सम्बाेधन गर्ने क्रममा लामिछानेमाथि सन्ताेष रानाभाट नाम गरेका व्यक्तिले खाेया प्रहार गरेका थिए। लामिछानेले उक्त खाेया आफ्नाे जीवनकाे महत्वपूर्ण सर्टिफिकेट भएकाे बताउँदै त्यसलाई सजाएर राख्ने बताए।

‘यसलाई मैले सकारात्मकरुपमा लिएको छु। म यसलाई जबसम्म सजाएर राख्नेछु, तबसम्म तपाईंले र मैले देखेको साझा सपना पूरा हुने छैनन्’, उनले भने, ‘मेराे घरमा मैले संसारले मानेकाे वर्ल्ड रेकर्डकाे सर्टिफिकेट पनि राखेकाे छैन तर मेरा लागि त्याे भन्दा महत्वपूर्ण सर्टिफिकेट आज मेरा एकजना साथीले दिएर जानुभयाे, मेराे उहाँप्रति अघात सम्मान छ।’

उलने आफूमाथि जतिसुकै प्रहार भएपनि जनताकाे काममा निरन्तर लाग्ने वचन दिए।

Next Post

कर्णाली स्वास्थ प्रतिठान काे साहारा भन्दै ओम मनिष पाेलिकिलिनिक

७ पुष २०८०, शनिबार १८:१६
  कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान काे याक्सरे मेसिन बिग्रिदा ओम मनिष पाेलिकिलिनिक साहारा बन्दै आएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन आउने हुम्ला, डोल्पा कालिकोट, मुगुका विरामी स्वास्थ्य बिज्ञान प्रतिठान ऐक्सरे बिग्रिदा किनिलिक सेवा लिन आउने संचालक मक्कर हमालले बताए। चन्दननाथ नगरपालिका -४ नम्बर वडामा अवस्थित ओम मनिष […]