करेन्ट लागेर एक युवकको मृत्यु

महेश चाैलागाँई २४ माघ २०८०, बुधबार १६:०२

करेन्ट लागेर कालिकोटमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका ४ लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेको प्रहरीले जानकारी दिएको छ।

दैलेख र कालिकोटको सिमाना दहीखोलानजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए। मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ।

सूचना अधिकारी थापाका अनुसार मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। प्रहरीलाई बेलुका आठ बजे मात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो। राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइबर विस्तारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Next Post

बेपत्ता भएकी एक बालीका १४ दिनपछि सकुशल फेला

२४ माघ २०८०, बुधबार १६:०२
जिल्लाको सिंजा गाउँपालिका-६ जोडुगाउँ बस्ने १२ वर्षिया रमिशा बुढा गत माघ ११ गतेदेखि हराइरहेकी थिइन्। १४ दिनदेखि बेपत्ता उनी बुधबार फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका-१ बाइराका गाउँबाट तातोपानी तर्फ आउँदै गरेको अवस्थामा उनी फेला परेकी हुन्। ‘बालीका हराएको भन्ने खबर प्राप्त भएदेखि प्रहरीले खोजी कार्य तीव्र […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।