जुम्ला बाट सुर्खेत तर्फ जाँदै गरेकाे गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाईते

महेश चाैलागाँई ८ कार्तिक २०८१, बिहीबार १३:२३

सुर्खेतको बराहतालमा यात्रुबाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार बिहान जुम्लाबाट सुर्खेततर्फ गईरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमल गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा परेको हो । दुर्घटनामा दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का ३५ बर्षीय दीपक शाहीको मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पु¥याईएको थियो। चिकित्सकले लगत्तै मृत घोषणा गरेका थिए । दुर्घटनामा अरु पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको छ । घाईतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको अनुमान प्रहरीको छ ।

 

Next Post

लेकाली युवा क्लब ले आायाेजना गरेकाे खेल मा बिबाद हुदा रेफ्रि घाइते ।

८ कार्तिक २०८१, बिहीबार १३:२३
लेकाली युवा क्लब चन्दनाथ नगर पालिका १०  ले  दाेस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता काे चैाथाे दिनकाे अन्तिम खेल बिबाधित भएको छ । उक्त पुरूष फुटबल प्रतियोगिताको चाैथाे दिन काे अन्तिम खेल मा बिबाद भए काे छ । जसम जन प्रेमी युवा क्लब र  सम्बुनाथ युवा क्लब मैदान मा […]