नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
आइतबार उनलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।
यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्। प्रहरीले वैशाख २७ गते खाण र उनका सहयोगी नरेन्द्र केसीलाई खाणको निवासबाट पक्राउ गरेको हो