जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा खडा गरिएको छ । प्रत्येक वर्षको घटस्थापनाकै दिन जुम्लामा रहेकाे ऐतिहासिक धराेहर चन्दननाथ भैरहव नाथकाे मन्दिरमा नँया लिगां खडा गर्ने गरिन्छ ।
चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते कपडा राखिएको छ । यस्तै भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गा र ४८ हातकै कपडा राखिएको छ । बाँकि २ वटा लिङ्गा ४२ देखी ४५ हातसम्मका रहेकाे गुठि व्यवस्थापन समितिले जनाएकाे छ ।
नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरु र सर्बसाधरणको सहभागितामा लिङ्गा खडा गरिएको हो । लिङ्गा खडा गरिसके पछि मात्र जुम्लाबजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन छ ।
चन्दननाथ भैरवनाथकाे मन्दिरमा नयाँ लिगां खडा गरेपछि मात्र जुम्लावासीले न्वागी मनाउने परम्परा रहेकाे खस संस्कृति सम्बन्धि जानकार पुणसिहं कठायतले जानकारी दिएकाछन ।