जिप्रका जुम्लाको अगुवाइमा चन्दननाथ,भैरवनाथ मन्दिर परिसरमा सरसफाई

महेश चाैलागाँई २८ श्रावण २०८१, सोमबार १९:२७

जिल्ला प्रहरी कायर्यालय जुम्लाकाे अगुवाइमा  सदरमुकामस्थित धार्मिकस्थलहरूमा सरसफाइ गरिएकाे छ । साउन मसान्तको अन्तिम सोमबारका दिन नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिक उत्सवको अवसरमा मन्दिरहरूमा सरसफाइ गरिएकाे हाे ।

जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीकाे संयाेजकत्वमा प्रहरी, जनप्रतिनिधि र सराेकारवालाहरूकाे सहभागीतामा  चन्दननाथ,भैरवनाथ र कृष्ण मन्दिरमा सरसफाइ गरिएकाे थियाे ।

उक्त अवसरमा प्रसिद्ध चन्दननाथ, भैरवनाथ, कृष्ण मन्दिर र परिसरका सडक / बाटोहरु सरसफाई  गरिएको प्रहरी प्रमुख कामतीले बताए । उनका अनुसार आगामी दिनमा धार्मिक स्थलहरु नियमित साप्ताहिक रुपमा सरसफाई अभियान निरन्तर जारी रहनेछ ।

Next Post

सिंजा गाउँपालिकामा आपतकालिन केन्द्र स्थापना

२८ श्रावण २०८१, सोमबार १९:२७
सिंजा गाउँपालिका मुकाम नराकोटमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र पेस नेपाल जुम्लाको साँझेदारीमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो । गाउँपालिकामा आईपर्ने विपत व्यवस्थापन गर्न र राहत उद्धारका कार्य गर्ने उद्देश्यले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो । केन्द्रमा गाउँपालिकाको […]