सिक्किममा हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको ज्यान गयो

हिमशिखर सम्वाददाता काठमाण्डौ २२ चैत्र २०७९, बुधबार ०८:३८

सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिराेमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।

Next Post

रवि लामिछानेविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायमै

२२ चैत्र २०७९, बुधबार ०८:३८
आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटै उजुरी खारेज भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो । युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा […]