जुम्ला रुण दलको नेतृत्व चयनका लागि निर्वाचन हुने

महेश चाैलागाँई १५ श्रावण २०८२, बिहीबार १३:००

नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि अन्ततः निर्वाचन हुने भएको छ । सहमति प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास गरेपनि आँकाक्षीहरु सहमतीमा नआएपछि निर्वाचन हुने भएको हो । नेपाल तरुण दल जुम्लाको पाँचौ जिल्ला अधिवेशन साउन ९ गते उद्घाटन भएको थियो ।

अध्यक्ष सहित अन्य पदाधिकारीका आँकाक्षीहरु धेरै भएपछि सहमतीबाट नेतृत्व छान्न तीन सदस्यीय समिति बनाइएको थियो । उक्त समितिले धेरै प्रयास गरेपनि अध्यक्ष सहितका अन्य पदाधिकारीका आंकाक्षीहरु समेत सहमती आउन टसमसनभै नभएपछि निर्वाचन हुने भएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।

नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले दिएको जानकारी अनुसार विहिबार बसेको काँग्रेस पदाधिकारी स्तरीय बैंठकले निर्वाचन मण्डललाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको छ । उनका अनुसार अब नेपाल तरुण दलको नयाँ नेतृत्व कसले गर्ने भन्ने कुरा चुनावी परिणामले मात्रै देखाउने छ । एक साता लामो समय बितिसक्दा पनि सहमती जुट्न नसक्दा काँग्रेस पार्टी चुनावी बाटो रोज्न बाध्य भएको हो ।

Next Post

तरूण दल जुम्लाको अध्यक्षमा हेम बहादुर बुड्थापा चयन

१५ श्रावण २०८२, बिहीबार १३:००
जुम्ला,  नेपाल तरूण दल जुम्लाको ५औं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट चन्दननाथ नगरपालिका–२ का वडा अध्यक्ष हेम बहादुर बुड्थापा सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष पदमा चयन भएका छन्। अध्यक्ष बुड्थापासँगै अन्य पदाधिकारीहरूमा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ। उपाध्यक्ष पदमा हिमा गाउँपालिका–१ का वडा अध्यक्ष रतन बहादुर शाही र […]