तरूण दल जुम्लाको अध्यक्षमा हेम बहादुर बुड्थापा चयन

महेश चाैलागाँई १५ श्रावण २०८२, बिहीबार १६:४५

जुम्ला,  नेपाल तरूण दल जुम्लाको ५औं जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट चन्दननाथ नगरपालिका–२ का वडा अध्यक्ष हेम बहादुर बुड्थापा सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष पदमा चयन भएका छन्।

अध्यक्ष बुड्थापासँगै अन्य पदाधिकारीहरूमा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
उपाध्यक्ष पदमा हिमा गाउँपालिका–१ का वडा अध्यक्ष रतन बहादुर शाही र माधव राज शर्मा चयन भएका छन्।
सचिव पदमा कृष्णप्रसाद उपाध्याय, सह–सचिव पदमा कमल बहादुर बोहोरा, र कोषाध्यक्ष पदमा डिल्ली प्रसाद बुढा चयन भएका हुन्।

तरूणदल जुम्ला सर्वसहमतीमा निर्वाचित पदाधिकारीहरू

जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। अधिवेशनले संगठनलाई सुदृढ गर्दै युवा सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Next Post

जुम्ला तरुण दलको नयाँ कार्यसमिति खारेजको माग"

१५ श्रावण २०८२, बिहीबार १६:४५
जुम्ला । नेपाल तरुण दल जुम्लाकाे भर्खरै सार्वजनिक नयाँ कार्यसमिति गैर कानुनी रहेकाे भन्दै अध्यक्षका उम्मेदवारहरुले आपत्ती जनाएका छन् । निर्वाचन समितिले हेम बुढ्थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेपछि अन्य पाँच जना अध्यक्षका उम्मेदवारले आपत्ती जनाएका हुन् । नयाँ कार्य समिति सार्वजनिक भएलगत्तै एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्षका पाँच […]