सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

हिमशिखर सम्वाददाता काठमाण्डौ २१ बैशाख २०८०, बिहीबार ०६:४९

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलाेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो। हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत छन्। यसअघि उनी गृह मन्त्रालयको सचिव थिए।

पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

Next Post

संखुवासभा हेलिकोप्टर दुर्घटना: ५ जना घाइते, उपचारको लागि काठमाडौँ ल्याइँदै

२१ बैशाख २०८०, बिहीबार ०६:४९
सङ्खुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा पाइलट, को-पाइलट, हेलीको टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भविन गुरुङ र सुरेन्द्र पौडेल रहेकाे घटनास्थलमारहेका स्थानीय वाङ भाेटे जनाकारी गराएका छन्। उनका अनुसार घाइतेहरुलाई नेपाल आर्मीको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्या

सम्बन्धित समाचार