कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा १७२ स्थायी पदका लागि दरखास्त आव्हान

महेश चाैलागाँई २७ मंसिर २०८१, शुक्रबार १६:५७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १७२ प्राविधिक तथा अप्राविधिक पदहरू स्थायी रूपमा पूर्ति गर्न दरखास्त आव्हान गरेको छ। प्रतिष्ठानले लोकसेवा आयोगको सहमति पश्चात् रिक्त रहेका पदहरूमा खुला, आन्तरिक प्रतियोगिता र कार्यक्षमताको मूल्यांकनद्वारा स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाएको हो।यस कदमसँगै विगत ६ वर्षदेखि अवरुद्ध रहेको स्थायी पदपूर्ति, स्तरवृद्धि तथा बढुवाको बाटो खुलेको छ। पदपूर्तिसँगै प्रतिष्ठानको कार्यक्षमता सुधार हुने र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको उपकुलपति डा. मंगल रावलले बताए।

उपकुलपति डा. रावलले यो कदमलाई प्रतिष्ठानको स्तरोन्नतिको दिशामा एक ठूलो उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले भने, “स्थायी पदपूर्तिको प्रक्रिया सुरु हुनु प्रतिष्ठानका लागि ऐतिहासिक र महत्त्वपूर्ण क्षण हो।”

दरखास्त प्रक्रिया कार्यक्षमताको मूल्यांकनका आधारमा हुनेछ। खुला प्रतिस्पर्धाका साथै आन्तरिक बढुवा प्रक्रियाद्वारा उम्मेदवारहरूको छनोट गरिने रजिस्ट्रार नृपेन्द्र महतले बताए।

“स्थायी पदपूर्तिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक जनशक्ति थपिनुका साथै दीर्घकालीन रुपमा सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ,” उनले भने, “प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि यो कदमलाई महत्वका साथ लिएको छ।” आवेदन प्रक्रिया सम्बन्धी थप विवरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

Next Post

सन्चार मन्त्री गुरूङले चाैलागाईँको नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे

२७ मंसिर २०८१, शुक्रबार १६:५७
सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चाैलागाईँलाई बधाई दिएका छन्। मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा जुम्ला शाखाको अध्यक्षमा निर्वाचित भएका चाैलागाईँलाई आइतबार दिउँसो टेलिफोनमार्फत् बधाई ज्ञापन गरेका हुन्। मन्त्री गुरूङले चाैलागाईँको नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भने, “तीन संगठन मिलेर साझा […]