नेपाली सेनाको साइबर स्पेसमा हमला, २१ वर्षीय युवक पक्राउ

हिमशिखर सम्वाददाता काठमाण्डौ २४ चैत्र २०७९, शुक्रबार १९:१३

नेपाली सेनाको साइबर स्पेसमा हमला गरेकाे आरोपमा एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले स्याङजाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेकाे जनाएकाे छ।

पाेखरा महानगरपालिका-१६ बाटुलेचौरमा डेरामा बस्ने उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको साइबर स्पेसमा हमला गरेकाे ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।

नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो। सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकालको संलग्नता देखिएकाे ब्यूरोका प्रहरी उपरीक्षक रायले बताए।

उनका अनुसार ढकालमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ।

Next Post

रवि लामिछानेका सांसदले ‘मन्त्री बन्न २ करोड घुस मागेको’ अडियो बाहिरियो (अडियाेसहित)

२४ चैत्र २०७९, शुक्रबार १९:१३
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले ‘मेडिकल माफिया’ दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको खुलासा भएको छ। ‘भाइरल म्यान’समेत रहेका प्रसाईंमार्फत् बाहिरिएको त्यो अडियोमा सांसद श्रेष्ठले ‘स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिम’लाई दुई करोडदेखि साढे दुई करोडसम्म रुपैयाँ बुझाउनुपर्ने बाध्यता सुनाएका छन्। सत्ता राजनीतिमा देखिँदै आएको वेतिथिविरुद्ध […]

सम्बन्धित समाचार