जुम्लाको राक्से पाटन मा बढी र पहिराेले भेडा बगाएको छ ।

महेश चाैलागाँई १६ असार २०८२, सोमबार १८:११

जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा आज मिति २०८२/०३/१६ मा दिउँसो ३ बजे आएको बाढी र पहिरोले भेडा बगाएको छ।

वर्षातका कारण आएको बाढीले स्थानीय सर्प राज रावलसहित ८/९ जनाको भेडा चरिरहेको अवस्थामा बगाएको तातोपानी -७ का वडाध्यक्ष तिलक बहादुर रावतले जानकारी गराए।

उक्त घटनाबारे वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई साँझ ५ बजे टेलिफोनमार्फत खबर गरेका हुन्।

उनका अनुसार बगाएका भेडाको सङ्ख्या र अन्य क्षतिको विवरण हालसम्म एकिन भएको छैन।

घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट ५/६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्ने जुम्ला प्रहरीले जनाएको छ।

थप विवरण सङ्कलन गर्न भोलि २०८२/०३/१७ मा प्रहरी टोली खटिने भएको छ।

Next Post

जुम्ला मालिका आधारभुत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना

१६ असार २०८२, सोमबार १८:११
जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यमा रहेको मालिका आधारभुत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना गरिएको छ । कला घर जुम्लाको सहजीकरणमा स्थापना गरिएको हाे । विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतले विद्यालयमा पुस्तकालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै यसले समाजमा असल ज्ञान र सीप सिकाउन मद्दत गर्ने बताए । उनले पुस्तकालय निर्माणमा सहयोग […]