हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास: तीन जना आरोपी पक्राउ

हिमशिखर संवाददाता १२ भाद्र २०८२, बिहीबार १२:४७

हुम्लाको ताँजाकोट गाउँपालिका–३ मा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

डिएसपी शंकर पोखरेलका अनुसार ती तीन जनाले मदिरा सेवनपछि मंगलबार राति करिब ११ बजे स्वास्थ्यकर्मी बस्ने कोठामा गएर अभद्र व्यवहार गरेका थिए। पीडित महिलाले उनीहरूले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्।

“राती नै उनीहरूलाई नियन्त्रणमा लिएर सिमकोट ल्याएका छौँ। आजै पीडित महिलाको बयान लिएर मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी गरिएको छ,” डिएसपी पोखरेलले भने।

Next Post

सुर्खेतमा अज्ञात पुरुषको बेवारिसे शव फेला

१२ भाद्र २०८२, बिहीबार १२:४७
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोलामा करिब ४० देखि ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार जानकारी अनुसार भदै ११ गते  साँझ करिब ५ बजे खोलामा शव देखिएको सूचना प्राप्त भएपछि  जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी निरीक्षक ज्योतिष सिंहको कमाण्डमा प्रहरी टोली खटिएको […]