सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोलामा करिब ४० देखि ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार जानकारी अनुसार भदै ११ गते साँझ करिब ५ बजे खोलामा शव देखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी निरीक्षक ज्योतिष सिंहको कमाण्डमा प्रहरी टोली खटिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको नेतृत्वमा SOCO सहित सात जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पठाइएको छ। मृतकको नाम, थर र वतन भने अहिलेसम्म खुलेको छैन। थप अनुसन्धानका भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।



