भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

हिमशिखर संवाददाता २५ माघ २०७९, बुधबार १०:१७

टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भुकम्पमा परि निधन भएको छ।

तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टी गरेको हो।

टर्की र सिरियामा सोमबार गएको ७-८ रेक्टरको भुकम्पमा परि पाँच हजार मानिसहरुले ज्यान गुमाइसकेका छन।

‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भुकम्पमा परि ज्यान गुमाएका छन,’ क्लबले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘हार्दिक श्रदाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ।’

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए।

 

Next Post

उपचार खर्च नहुँदा मृत्युकाे मुखमा जुम्लाकी ममता

२५ माघ २०७९, बुधबार १०:१७
कनकासुन्दरी गाउँपालिका -५ लुड्कुकी १३ वर्षिया ममता बुढा आर्थिक अभावका कारण मृत्युको मुखमा पुगेकी छन्। बाँयापट्टीकाे फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टीको शरीर चल्न छोडेको लगायतकाे रोगबाट ग्रसित ममता विगत पाँच दिनदेखि यता कोहलपुर मेडिकल कलेजको आइसियूमा बेहाेस अवस्थामा छिन्। आइसियूमा उपचार भइरहे पनि अझै हाेस […]

सम्बन्धित समाचार