जुम्लाबाट फरार जबरजस्ती करणी मुद्दाका अभियुक्त जाजरकोटबाट पक्राउ

हिमशिखर संवाददाता २० श्रावण २०७८, बुधबार १८:००

जबरजस्ती करणीको  मुद्दामा फरार रहेका   एक जना जाजरकोटमा पक्राउ परेका छन् ।

जुम्लाको तिला गाँउपालिका – ३ दानिवाडा बस्ने २०  वर्षका लक्की बुढालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले  सोमबार दिउँसो पक्राउ गरेको हो ।

बुढालाई जेठ ११ गते १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको  भन्दै जेठ १५ गते तिर पीडित पक्षको निवेदन आएको थिए । जेठ ११ गते घटेको  घटना १६ गते मुद्दा दर्ता भएकाे थियाे ।

प्रहरी पीडक समक्ष सोधपुछ को लागि गएको थियो ।  प्रहरी पुग्दा बुढाले नदिमा हामफालेर भाग्ने प्रयास गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनलाई  दुई महिनासम्म प्रतिष्ठानमा उपचार गराइरहेका थिए । प्रहरीले उपचारमा छोडेको मौका छोपि प्रतिष्ठानबाटै बुढा साउन ८ गते फरार भएका थिए ।

Next Post

डोरीले बाँधेर अमानवीय तरिकाले बालकलाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष  पक्राउ

२० श्रावण २०७८, बुधबार १८:००
डोरीले बाँधेर अमानवीय तरिकाले बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई   पक्राउ गरेकाछन । पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए । घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए। ‘पीडितलाई पनि […]