कोरोनाको कुनै उपचार नभएको बेला तपाईहरुको माया, हौसला सहानुभूति र शिघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छानै आफुलाई कोराना सँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेकाे प्रजिअ थापाले आफ्नाे फेसवुक स्टाटसमा लेखेका छन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा काेराेना मुक्त भएका छन । करिब १० दिन पछि प्र.जि.अ थापाकाे पिसिआर रिपोर्ट नेगेटिभ आएको हाे ।आज सामाजिक सञ्जाल फेसवुक मार्फत प्र.जि.अ थापाले आफु कोरोना मुक्त भएकाे जानकारी गराएका छन ।
कोरोनाको कुनै उपचार नभएको बेला तपाईहरुको माया, हौसला सहानुभूति र शिघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छानै आफुलाई कोराना सँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेकाे प्रजिअ थापाले आफ्नाे फेसवुक स्टाटसमा लेखेका छन । साथै प्र.जि.अ थापाले आफुप्रति देखाएकाे न्यानो साथ सहयोग ,माया , सदभाव र शुभेच्छाको आफु सदैव ऋणी भएको र बताएका छन ।



