कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् ।आज बसेको मन्त्रीपरिषद्को बैठकमा आर्थिका ममिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजिनामा दिएपछि मुख्यमन्त्री शाहिले ३ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।