यो बर्षको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार जुम्लाका गोविन्द पाण्डेलाई

महेश चाैलागाँई ५ फाल्गुन २०७९, शुक्रबार १९:३०

जनपुस्तकालय धनगढी कैलालीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार जुम्लाका गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा उक्त पुरुस्कार प्रदान गरिनेछ भएकोछ । जुम्ला तातोपानी गाऊपालिका वडा नं ४ गिडीखोलामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्ने पाण्डे विगत दुई दशक देखि महाकाली र कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयछन । बि.सं. २०६० सालमा जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर देउडा विगतदेखि बर्तमान सम्म नामक पुस्तक समेत प्रकाशन गरेकाछन ।

पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन बृतिमा कर्णालीको लोक साहित्यको अध्ययन कृति हाल प्रकाशोन्मुख अबस्थामा रहेको छ । पाण्डेका फुटकर चरनाहरु विभिनन समयमा मधुपर्क, यूवामञ्च, मिर्मिरे, कान्तिपुर, गोरखापत्र लगायत क्षेत्रीय तथा स्थानीय स्तरका पत्रपत्रिका र स्मारिकाहरुमा प्रकासित भएकाछन ।

हाल जिल्ला हुलाक कार्यालय बांकेको कार्यालय प्रमुख पदमा कार्यरत पाण्डे कर्मचारी मिलन केन्द बांकेको उपाध्यक्ष समेत हुन । उनी नेत्रज्योती संघ नेपाल, नेपाल रेडक्रस सोसाइटी, मानव सेवा आश्रम लगायतका संघसंस्था मार्फत समाज सेवामा लागेका छन् ।

त्यसै गरी कर्णाली साहित्य समाज जुम्ला, महेन्द्र पुस्तकालय नेपालगंज, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर तथा गुगुल्टी वाङ्मय प्रतिष्ठान महेन्द्र नगरमा आबद्व रही साहित्य तथा संस्कृति प्रवर्दनमा सकृय रुपमा संलग्न रहेका छन् ।
राष्ट्र सेवकको रुपमा नागरिक सेवा प्रवाहमा सहजिकरण, वातावरण तथा सरसफाई तथा प्रभावकारी समन्वय र सहकार्य कामको उच्च मूल्याङ्कन गरेर निजलाई नेपाल सरकारले यस वर्षको पचास हजार रासीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको छ ।

Next Post