मुगुमा एक जना बालकको लडेर मृत्यु

हिमशिखर संवाददाता ५ पुष २०८१, शनिबार २१:०३

मुगुमा एक जना बालकको लडेर मृत्यु भएको छ ।छायांनाथ रारा नगरपालिका १४ बाम गाउँका पृथ्वी बढुवालका छोरा अन्दाजी १० बर्षका बालक किसान बढुवालको लडेर मृत्यु भएको हो । सदरमुकाम गमगढि बजार स्थित साेरु जाने बाटाे नजिकै राज बहादुर भग्रि काे घरमा पृथ्वी बढुवालका परिवार घर भाडामा बस्दै आएका थिए ।

शनिबार ४ बजे पृथ्वी बढुवालका छोरा किसान बढुवाल भाडामा बस्दै आएको घर राज बहादुर भग्रिकाे तीन तला घरकाे छतमा भाईहरुसंग खेल खेलिरहेको अवस्था घरबाट तल खसेर टाउकाको बायाँ पट्टी गहिरो चाेट लागेको जनाईएको छ । लडेर घाइते भएका बालक बढुवालको उपचारको लागि जिल्ला अस्पताल ठिनिमा लगिएको भएको भएपनि टाउको बायाँ पट्टी गम्भीर चोटलागेको हुनाले उपचार गर्दै गर्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला अनुसन्धान स्रोतले जनाएको छ ।

मृतक बढुवालको लासलाई अहिले जिल्ला अस्पतालको सव गृहमा राखिएको छ । आईतवार मृतकका आफन्त आएपछि पाेष्टमाेटम गरिने जनाईएको छ ।

Next Post

२० लाख लागतमा निर्माण भएको स्याउ जुस उद्योग प्रयाेग बिहिन

५ पुष २०८१, शनिबार २१:०३
२० लाख लागतमा निर्माण भएको स्याउ जुस उद्योग प्रयाेग बिहिन जुम्लाको गुठिचाैर गाउँपालिका वडा नम्बर ३ मा निर्माण भएको स्याउ जुस उद्योग प्रयाेग बिहिन भएको छ । २०७८ साल असारमा निर्माण सम्पन्न भएको उक्त उद्योग हाल सम्म प्रयाेग बिहिन भएको हाे । तत्कालीन गुठिचाैर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीकाे अध्यक्षतामा […]