जुम्ला ११ श्रमण –
जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ घाेडे गाउँका युवाहरू श्रमदानमा जुटेका छन् । गाउँमा बिकासले राम्रो गति नलिए पछि बाटाे घाटाे, पाटी पाैवा , चाैतारा निर्माणमा युवाहरू श्रमदानमा जुटेका हुन् । तिला ६ घाेडे गाउँका युवाहरुलाई भने घरमा बसेर समय कटाउने फुर्सद नै छैन । युवा जोसका साथ विकासको तिर्खा मेट्न समाजिक कार्यमा व्यस्त छन् । तिला ६ का युवाहरूले भर्खरै मात्र खाली जमिनमा वृक्षरोपण गरेका थिए । त्याे सेलाउन नपाउदै अहिले गाउँकाे सार्वजनिक स्थानमा चाैताराे निर्माण गरेका छन्। गाउँको विकासमा कस्सिएका गाउँका युवाहरूले कहिले वृक्षरोपण त कहिले चाैतारा निर्माण सम्ममा काम गरि रहेका छन् ।
तिला ६ घोडे गाउँका युवाहरुले घोडे गाउँमा पर्ने बरिङ्गा भन्ने ठाउँमा बस्ने चौतारा निर्माण गरेका छन् । गाउँका युवाहरू एक आपसमा निमेर आफ्ना खाना , आफणनै नास्ता गरेर गाउँमा पाएक पर्ने ठाउँका सार्वजनिक काम गरिरहेकाे तिला ६ घाेडे गाउँका समाजसेवी युवा गगन बहादसर राेकायाले बताउनुभयो । उहाँका अनुसार नाग्म बजार देखि तिलाकाे गुठिगाउँ, पाेख्री र घाेडे गाउँ सम्म सामान बाेकी गएकाे बेला बिसाउने चाैताराकाे समस्य रहेकाले वडाका युवा मिलि चाैताराे निर्माण गरेकाे बताउनुभयाे ।
उहाँल भन्नुभयो, नाग्म रारा बाट आउदा बस्ने ठाउ नहुदा यॊ चौतारो बनायको हो पहिलाको चौतारा बाटाे निर्माण गर्दा फालिएको थियाे । अहिले सम्म हालेका थियनन हामी युवाले श्रमदान गरि निर्माण गरेकाे बताउनुभयो । उहाँका अनुसार चाैतारा निर्माण कार्यमा सहभागी हुने सबै साथीहरू लाई धन्यवाद दिनुभएको छ ।