निजि क्षेत्रकाे लगानीमा जुम्लामा बन्याे नमुना फुटसल

रबि नेपाली २६ कार्तिक २०७७, बुधबार २३:१२

निजि क्षेत्रकाे लगानीमा जुम्लामा निर्माण भएकाे ९५ लाख लागतकाे फुटसलकाे बुधबार उद्धाटन गरिएकाे छ ।

चन्दननाथ नगरपालिका–५ कालेखोलीमा अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितीमा फुटसल उद्घाटन गरिएको हो ।

चन्दननाथ नगरपालिका–५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको संयुक्त लगानीमा फुट्सल निर्माण गरिएको सञ्चालक प्रकाश शाहीले बताए ।

फुटशलमा खेलाडीहरू

जुम्लालाई स्पोर्ट हबका रुपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालनका लागि निर्माण गरीकाे सञ्चालक शाहीले बताए।

फुटसलमा पानी, शौचालय, क्यान्टीन, वाचमेन रुम सहित अत्याधुनिक प्रविधि प्रयोग भएकाले नमुना फुटसल निर्माण भएको सञ्चालकले दाबी गरेका छन ।

Next Post

चित्रबहादुर केसी काे स्वास्थ्य अवस्था ‘गम्भीर’

२६ कार्तिक २०७७, बुधबार २३:१२
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए । उनलाई निमोनियाले ग्रस्त बनाएको छ । जनमोर्चाको  बैठकले केसीको लामो समयसम्म अस्पतालमा […]