जुम्ला:हरिलाल गोर दीपक स्मृति प्रतिष्ठानको ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । नेकपा तातोपानी गाउँपालिका सदस्य तथा दलित अगुवा स्वर्गीय गोर कामीको सातौदिनको पुण्यतिथिको अवसरमा घोषित प्रतिष्ठानको सञ्चालक समिति गठन गरिएको हो । पत्रकार शुभाकर विश्वकर्माको अध्यक्षयतामा ९ सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ । समितिको सचिवमा धनलक्ष्मी कामी र कोषाध्यक्षमा शान्ति कामी रहेका छन् । समितिको सदस्यहरुमा तातोपानी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विशाल खड्का,राजनीतिककर्मी जक्ति प्रसाद न्यौपाने, बसन्त आधारभूत विद्यालयका वि.व्य.स. अध्यक्ष खड्क रावत रहेका छन् । अन्य सदस्यहरुमा जेष्ठ नागरिक सुकिल्लो कठायत, महिला अगुवा लालमाया खत्री र दलित अगुवा धनसिंह कामी रहेको अध्यक्ष विश्वकर्माले बताए भ । उनका अनुसार प्रतिष्ठानको कार्यक्षेत्र जुम्ला जिल्लाका साथै आवश्यकता अनुसार कार्यक्षेत्र विस्तार गर्न सकिनेछ । सरकारी विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासको लागि छात्रवृत्ति प्रदान गर्ने, शैक्षिक सामग्री प्रदान गर्ने र विभिन्न कुलतमा परेका व्यक्तिहरुलाई विभिन्न माध्यमबाट जनचेतना प्रवाह गर्ने तथा सामाजिक कार्य गर्ने उद्देश्य रहेको उनले जानकारी दिए । प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वाशासित, गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर–सरकारी र सामाजिक कार्यमा क्रियाशिल हुने अध्यक्ष विश्वकर्माको भनाइ छ । यसको प्रधान कार्यालय तातोपानी गाउँपालिका वडा नम्बर ६ मा हुनेछ । प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता प्रक्रियामा रहेको बताइएको छ ।
Next Post

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती
५ कार्तिक २०७७, बुधबार १६:४६
ललितपुर :कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भिœयाएर पूmलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान […]
सम्बन्धित समाचार
-
२२ जेष्ठ २०८०, सोमबार १६:५६
जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा आयाेगले गृहमन्त्रीलाई ध्यानाकर्षण गरायाे
-
२३ आश्विन २०७८, शनिबार २१:४५
माओवादी केन्द्र लेकवेसीले गर्याे सहिद,बेपत्ता परिवार र घाईते याेद्वालाई सम्मान
-
९ बैशाख २०८०, शनिबार २१:४५
निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन
-
६ पुष २०८१, शनिबार १७:०१
घरकै बच्चाले सलाको प्रयोग गर्दा जुम्ला काे मालाभिड मा आगलागी
-
१२ माघ २०७७, सोमबार १३:१०
कालीकोटमा बादल लाई कालाे झण्डा र कालै बेलुन
-
२४ आश्विन २०८२, शुक्रबार ०७:०५
मन्त्रालयले लगातार ताकेता गर्दा पनि कर्णालीमा हाजिर भएनन् प्रमुख प्रशासकीय अधिकृत




