जुम्ला कारागारबाट भागेका मध्ये ३ जना पक्राउ, २२ अझै फरार

हिमशिखर संवाददाता २८ भाद्र २०८२, शनिबार २१:१४

जुम्ला कारागारबाट भागेका कैदीमध्ये ३ जना पक्राउ परेका छन्। भागेका मध्ये पुर्ण प्रसाद भण्डारी, दिपेन्द्र सुनार, रमेश सार्की तीन जना पक्राउ परेका हुन्।

तीमध्ये ५ जनाले आफैं आत्मसमर्पण गरेका थिए भने अरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जेन-जी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते राति जिल्ला कारागार जुम्लाबाट कैदीहरु भागेका थिए।

भागेका ४१ जा मध्ये अब २२ जना बाँकी रहेको जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले जानकारी दिए।

उनका अनुसार अन्य फरार कैदीको खोजी कार्य जारी छ।

Next Post

जुम्लामा एउटै कुकुरको आक्रमणमा १४ जना घाइते

२८ भाद्र २०८२, शनिबार २१:१४
जुम्लाको तातोपानी गाउँपालिका–२ र ४ का विभिन्न गाउँमा एउटै कुकुरले टोकेपछि १४ जना स्थानीयलाई अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान करिब सात बजे डाँगिबाडाबाट यात्रा सुरु गरेको सो कुकुरले लगातार आक्रमण गर्दै डाँगीबाडा, गौतमबाडा र हाँकु गाउँका बासिन्दालाई टोकेको हो। घाइतेमध्ये २ वर्षीया सभ्यता हमालदेखि ७९ वर्षीय सर्केनी बुढासम्म छन्। […]

सम्बन्धित समाचार