डाेल्पाकाे जगदुल्लाबाट जुम्ला आउँदै गरेकाे जिप दुर्घटना, एकको मृत्यु

हिमशिखर संवाददाता २१ असार २०८३, आईतवार १६:१९

डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार दिउँसो १ः४० बजे जगदुल्ला गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको उनले बताए।

मृतकको पहिचान तथा घाइतेको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

Next Post

नेपाली कांग्रेस जुम्लाका कोषाध्यक्ष पाण्डेको निधन

२१ असार २०८३, आईतवार १६:१९
जुम्ला — नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिका कोषाध्यक्ष दुर्गाप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज (असार २१ गते) बिहान निधन भएको छ। तातोपानी गाउँपालिका–४ निवासी पाण्डे लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए। उनको निधनप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका […]