जुम्लामा पहिलोपटक “जुम्ला आइडल” सुरु

महेश चाैलागाँई २४ श्रावण २०८२, शनिबार ११:१७

नेपालको मौलिक संस्कृति, लोककला र नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लामा पहिलो पटक जुम्ला आइडल सुरु हुन लागेको छ । लोक संगीत, झ्याउरे भाका, देउडा, परम्परागत नृत्य र भेषभूषाले पहिचान बोकेको जुम्लामा पहिलोपटक आइडल हुन लागेको हो ।

सांस्कृतिक सम्पदालाई सम्मान गर्ने हेतुले आगामी राष्ट्रियस्तरको जुम्ला IDOL-Dancing & Singing) कार्यक्रम मार्फत जुम्लाका लुकेका प्रतिभाहरुलाई राष्ट्रिय मञ्चमा चिनाउने उदेश्यले सो गर्न लागिएको आयोजकले जनाएको छ ।

जुम्लाको दुर्गम भौगोलिक अवस्था र सीमित जवसरका बाबजुद यहाँका नव प्रतिभाहरूको कला क्षमता अद्भुत भएको र त्यसैले हाम्रो अभियान भन्नेकै गाउँ-गाउँमा लुकेका प्रतिभाहरुलाई उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुऱ्याउने मुख्य उद्देश्य भएको आयोजक टिमका तुलराज गिरीले बताए ।

यस आइडललाई सफल पार्न करिब रु. २०,००,०००/- (बिस लाख) रकमको अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ भने कर्णाली प्रदेश अन्तर्गत रहेको जुम्ला जिल्लाका प्रतिष्ठित संघसंस्था, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरुलाई कार्यक्रमलाई सफल पार्नको लागि सहयोगको अपेक्षा समेत गरिको छ ।

जुम्लाका गायक तथा नृत्यकर्मीहरूको प्रतिभाक उजागर, संरक्षण र प्रवर्द्धन गर्नु युवाहरुलाई नशा, बेरोजगारीबाट हटाएर सिर्जनात्मक यात्रामा प्रेरित गर्न यसको सुरुवात गरिएको हो ।

जुम्ला आइडलको विजेताले रु.२२,२२२२ प्राप्त गर्नेछन् । भोलिबाटै सो आइडलमा सहभागी हुनको निम्ति आवदेन दिन सक्नेछन् भने आइडल भदौ र असोजको बीचमा जुम्ला सदरमुकाम खलंगामै सम्पन्न हुने आर.के.बि इन्टरटेन्मेन्ट हाउसका निर्देशन राजकुमार वैश्यले बताए ।

Next Post

रविको सुनुवाइ सकियो, फैसला आउन बाकी

२४ श्रावण २०८२, शनिबार ११:१७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको मुद्दामा सुनुवाइ सकिएको हो। लामिछानेको मुद्दामा आजै फैसला आउनसक्ने अदालतले जनाएको छ। लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको धरौटी राखेर रिहाइको माग गर्दै दिएको निवेदन दिएका थिए। निवेदनसँगै बिगोबापतको २ करोड ७४ […]