पत्रकार लक्ष्मी न्यौपानेलाई ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२’

महेश चाैलागाँई १ कार्तिक २०८२, शनिबार ११:५४

यस वर्षको स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ पत्रकार लक्ष्मी न्यौपानेलाई प्रदान गरिएको छ।
स्वर्गीय दीपबहादुर कामीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको यो चौथो संस्करण हो। स्व. दीपबहादुर स्मृति प्रतिष्ठानले हरेक वर्ष पत्रकारितामा क्रियाशील व्यक्तिलाई सम्मान गर्दै आएको छ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै हाल रेडियो नारी आवाजकी स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालिरहेकी न्यौपानेलाई यो वर्षको पुरस्कारबाट सम्मानित गरिएको हो।
कार्यक्रमका अवसरमा प्रतिष्ठानका सल्लाहकार तथा पत्रकार महेश नेपालीले पुरस्कारको राशी सानो भए पनि यसको महत्व ठूलो रहेको बताए।

त्यसैगरी, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले सामान्य परिवारमा जन्मिएर समाजमा योगदान दिँदै आएका प्रतिष्ठान अध्यक्ष शुभाकर विश्वकर्माको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।

प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले आफ्ना स्वर्गीय पिताको सम्झनामा क्रियाशील पत्रकार र सामाजिक कर्ममा अग्रसर व्यक्तिहरूलाई सम्मान गर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको बताए।
पुरस्कार प्राप्त गरेकी पत्रकार लक्ष्मी न्यौपानेले सम्मानले आफूमा थप जिम्मेवारी र ऊर्जा थपिएको बताउँदै प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गरिन्।

Next Post

जुम्लामा जुवासम्बन्धी अभियोगमा सात जना पक्राउ

१ कार्तिक २०८२, शनिबार ११:५४
जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवाखाेलको आरोपमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ। कात्तिक १ गते बेलुकी  ७:५० बजेको समयमा चन्दननाथ नगरपालिका–१ स्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिएका छन । प्रहरीका अनुसार वर्ष ३६ […]