जुम्लामा जुवासम्बन्धी अभियोगमा सात जना पक्राउ

महेश चाैलागाँई ३ कार्तिक २०८२, सोमबार ०९:१९

जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवाखाेलको आरोपमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ। कात्तिक १ गते बेलुकी  ७:५० बजेको समयमा चन्दननाथ नगरपालिका–१ स्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिएका छन ।

प्रहरीका अनुसार वर्ष ३६ का देवराज तामाङको घरमा तास खेली जुवातास चलिरहेको अवस्थामा उनीसहित ७ जनालाई नियन्त्रणमा लिइएको हो। छापामारी गरेको टोलीले खेलेको तास र  . १,०७,२८५ नगद समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले बरामद गरिएको सामग्रीसहित उनीहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जनाएको छ।

जुवातास नियन्त्रणलाई प्रभावकारी बनाउने क्रममा प्रहरीले पछिल्लो समय निगरानी र अनुगमन कडा बनाएको जनाएको छ।
प्रहरी निरिक्षक तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता असिम हमालले पक्राउ परेकाहरूमाथि कानुन अनुसार कारबाही अघि बढिरहेको जानकारी दिएका छन्।जुवासम्बन्धी अभियोगमा सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको छ। कात्तिक १ गते साँझ करिब ७:५० बजे चन्दननाथ नगरपालिका–९ स्थित देवराज तामाङको घरमा जुवा खेलेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन बाबू रेग्मीले जानकारी दिए।

घरभित्र तास खेल्दै जुवा चलिरहेको अवस्थामा घरधनी तामाङसहित गगन बुढा, तिलक बहादुर थापा, सागर शाही, ज्ञानी बुढा, रामानन्द न्यौपाने, निर्मल कुमार ऐडी र कृष्ण आर.सी.लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो क्रममा जुवा खेल्न प्रयोग गरिएको तास तथा नगद  १,०७,२८५ समेत बरामद गरिएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तथा प्रहरी निरीक्षक असिम हमालले जानकारी दिए।
पछिल्लो समय जुवातास नियन्त्रणलाई प्रभावकारी बनाउन निगरानी र अनुगमन थप कडा गरिएको प्रहरीले जनाएको छ।

Next Post

प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि टिम प्रकाशलाई

३ कार्तिक २०८२, सोमबार ०९:१९
शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर गुठिचौर गाउँपालिका–५, फोईमा आयोजित प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि टिम प्रकाश देबकाेटा ले हात पारेको छ। कात्तिक ४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो। साेमबार बिहान भएको फाइनल खेलमा गुठिचौर–३ का सुन्दर बुढा र अनिल रावलको टिमलाई पराजित गर्दै देपालगाउँका प्रकाश […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।