प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि टिम प्रकाशलाई

महेश चाैलागाँई ६ कार्तिक २०८२, बिहीबार ११:५९

शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर गुठिचौर गाउँपालिका–५, फोईमा आयोजित प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि टिम प्रकाश देबकाेटा ले हात पारेको छ। कात्तिक ४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो।

साेमबार बिहान भएको फाइनल खेलमा गुठिचौर–३ का सुन्दर बुढा र अनिल रावलको टिमलाई पराजित गर्दै देपालगाउँका प्रकाश देवकोटा र जगत भण्डारीको जोडी विजयी बनेको हो। सोही टिम उपविजेता घोषित भएको छ।

गुठिचौर गाउँपालिकाको आर्थिक सहयोग तथा फोई कालिका युवा क्लबको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा १५ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष कर्ण प्रसादले जानकारी दिए।

वडा अध्यक्ष ईन्द्र बुढाका अनुसार, युवाको खेलप्रतिको चासोलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागीता देखिएको थियो। “खेल जित–हारका लागि मात्र होइन, आपसी सम्बन्ध सुदृढ बनाउने माध्यम पनि हो,” उनले भने। उनका अनुसार ब्याडमिन्टन कवर्ड हल निर्माणपछि आयोजन गरिएको यो पहिलो प्रतियोगिता हो।

आयोजकका अनुसार विजेता टिमलाई करकट्टी गरी ११,२५०, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ भने उपविजेता टिमले करकट्टी गरी ५,२५०, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

 

Next Post

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ

६ कार्तिक २०८२, बिहीबार ११:५९
चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए। उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी (CCTV) क्यामेरा जडान गर्ने क्रममा महतरालाई करेन्ट लागेको थियोे। करेन्ट लागेर […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।