जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु २ जना घाइते

महेश चाैलागाँई १५ मंसिर २०७८, बुधबार १३:४२

जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला देखि नेपालगंजका लागि छुटेको ना ६ ख ४४३८ नम्वरको बस सिँजा गाउँपालिका २ स्थित घोडेङ्गामा दुर्घटना हुदा दैलेखका चालक नविन रावल र सहचाल कालिकोटका सहचालक विशाल बमको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

दुर्घटनामा परेर कनकासुन्दरी गाउँपालिकाका बिरबल घर्ति,युक्ती कार्की घाइते भएकाछन उनिहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । विहान ८ बजे दुर्घटनामा परेकाे बसमा दुई जना मात्र यात्रु सवार रहेको बुझिएको छ ।

Next Post

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

१५ मंसिर २०७८, बुधबार १३:४२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई […]