जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ

महेश चाैलागाँई १० कार्तिक २०८२, सोमबार ०६:५९

चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए।

उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी (CCTV) क्यामेरा जडान गर्ने क्रममा महतरालाई करेन्ट लागेको थियोे।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उनका मित्जु गणेश बुढाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए।

प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Next Post

जेन जी जुम्लाका संयोजक रोकायाको अगुवाइमा पूर्वाधार कार्यालयमा समीक्षा बैठक

१० कार्तिक २०८२, सोमबार ०६:५९
जुम्ला जिल्ला पूर्वाधार विकास कार्यालयमा आइतबार एक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। जेन जी जुम्लाका संयोजक शैलेस रोकायाको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा कार्यालयका पछिल्ला योजना, सञ्चालनमा रहेका काम तथा प्रगतिबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का बजेट, उपलब्धि र आगामी आवको बजेट व्यवस्थापनबारे समेत गहिरो […]