नेपाल सुन चाँदी व्यावसायी संघ जुम्लाले पत्रकार सम्मेलन माफत ध्यानाकर्षण

महेश चाैलागाँई १६ असार २०८२, सोमबार ०९:१६

नेपाल सरकार अर्थमन्त्रालयबाट आ.व. ०८२/०८३ को लागि प्रस्तुत गरिएको बजेट वक्तव्य मार्फत सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थरलाई विलासिता वस्तुको रुपमा जोडेर थप असहज व्यवस्था गरिएको हुनाले सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थर व्यवसायी देखि आम उपभोक्ता सम्मलाई थप करको मारमा पर्ने भएकोले नेपाल सुन चाँदी व्यावसायी संघहरुको गम्भिर आपत्ति रहेको जानकारी गराउँदै नेपाल सुन चाँदी व्यावसायी सघं,जुम्लाले वर्गीकरण गरी लगाइएको करको व्यवस्थाप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले यो व्यवस्थाले व्यवसायीहरूलाई मात्र नभई आम उपभोक्तालाई समेत मारमा पार्ने भन्दै नेपाल पत्रकार महासंघ, जुम्ला शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, जुम्लाका अध्यक्ष राजु गहतराजले सरकारको उक्त निर्णयले सुनचाँदी व्यवसायलाई संकटमा पार्ने बताए।उपभोक्ताहरूलाई पनि आर्थिक भार थपिनेछ। अध्यक्ष गहतराजले सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरे।

त्यस्तै महासंघका महासचिव ज्ञान बहादुर विकले यो करले साना तथा मझौला व्यवसायीहरूलाई सबैभन्दा बढी प्रभावित गर्ने बताए।

नेपाल पत्रकार महासंघ, जुम्ला शाखाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईंले ज्ञापनपत्र बुझ्दै यो मुद्दालाई गम्भीर रूपमा लिइने बताए।

सुनचाँदी व्यवसायीहरूको यो चासो र आपत्ति जायज छ। हामीले यो विषयलाई समाचारमार्फत उजागर गर्नुका साथै सम्बन्धित निकायसम्म पुर्‍याउने प्रयास गर्नेछौं, अध्यक्ष चौलागाईंले भने।

Next Post

जुम्लाको राक्से पाटन मा बढी र पहिराेले भेडा बगाएको छ ।

१६ असार २०८२, सोमबार ०९:१६
जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा आज मिति २०८२/०३/१६ मा दिउँसो ३ बजे आएको बाढी र पहिरोले भेडा बगाएको छ। वर्षातका कारण आएको बाढीले स्थानीय सर्प राज रावलसहित ८/९ जनाको भेडा चरिरहेको अवस्थामा बगाएको तातोपानी -७ का वडाध्यक्ष तिलक बहादुर रावतले जानकारी गराए। उक्त घटनाबारे वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई साँझ […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।