जुम्लाको तातोपानीमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

महेश चाैलागाँई १९ जेष्ठ २०८०, शुक्रबार १६:३७

जुम्लाको तातोपानी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ६ चिमलडाँडामा शुक्रबार ट्याक्टर दुर्घटना भएको हाे ।

दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका   ५ चुलाकाेट निवासी १६ वर्षीय ट्याक्टर सह चालक विकास सुनारकाे मृत्यु भएको हाे ।

प्रहरी कार्यालय जुम्लाका अनुसार चिलिमडाँडाबाट ढुङ्गा बाेकेर रावतवाडा आउँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खसेकाे थियाे ।

घाइते सुनारकाे उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएकाे प्रहरी निरीक्षक धर्मराज जाेशीले जानकारी दिए । उनका अनुसार चालक फरार छन् । ट्याक्टर मालिकसँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकिरहेको छैन ।

Next Post

जुम्लामा नगरिकता विधेयक विरुद्धमा युवा संघ र अनेरास्ववियुकाे मशाल जुलुस

१९ जेष्ठ २०८०, शुक्रबार १६:३७
राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक पारित गरेकाे विरुद्धमा एमाले निकट अनेरास्ववियु र युवा संघ नेपालले मशाल जुलुस निकालेका छन्। हालै भारतले लुम्बिनी र कपिलवस्तुलाई आफ्नाे भूभागमा गाभेर सार्वजनिक गरेकाे नयाँ नक्साले देशकाे सार्वभाैमिकता माथि ठाडाे हस्तक्षेप गरेकाे भनि विराेध गरिएकाे हाे। अघिल्लो राष्ट्रपतिले फिर्ता पठाएकाे नागरिकता विधेयक संसदमा प्रस्तुत नै […]