एमालेको सहमतिमै संसदमा पेस भएका विधेयकहरू पारित गर्छाै: अर्थमन्त्री शर्मा

हिमशिखर संवाददाता २९ भाद्र २०७८, मंगलवार १४:३९

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् ।

एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् ।

‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छाैं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छाै ।’

Next Post

कालिकाेटका भुपेन्द्रकाे अप्रेसन सफल, पुनस्थापनाकाे तयारि हुँदै

२९ भाद्र २०७८, मंगलवार १४:३९
कालिकाेट खाँडाचक्र नगरपालिका -६ दाहाका भुपेन्द्र शाहीको अप्रेसन सफल भएकाे छ । उनका ठुलाे बुवाकाे पिटाईबाट घाइते भएका शाहीकाे यहि भाद्र २६ गते देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेकाे थियाे । ठुलाे बुवाकाे पिटाइबाट बायाँ हात दुई ठाउँ भाचिएकाे र बायाँ आँखाकाे किनारमा गहिराे गरि खाेपिएकाे थियाे । भाद्र […]

सम्बन्धित समाचार