वाइसिएल सुर्खेतद्वारा मल अभावको विरुद्ध ज्ञापनपत्र

महेश चाैलागाँई ११ श्रावण २०८२, आईतवार १३:१२

सुर्खेत, साउन ११ —देशभर कृषकहरू मल अभावका कारण समस्यामा परिरहेका बेला योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) जिल्ला समिति सुर्खेतले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।

वर्षा यामको बीचमा रासायनिक मलको चरम अभावले किसानको उत्पादन जोखिममा परेको भन्दै वाइसिएलले तत्काल मल आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी र न्यायोचित बनाउन जोडदार माग गरेको छ।

ज्ञापनमा असमान वितरण, कालोबजारी र दलालको संलग्नता तत्काल अन्त्य गरिनुपर्ने उल्लेख गरिएको छ।

ज्ञापन पत्र बुझाउदै YCL सुरखेतकाे टिम

वाइसिएलले चेतावनी दिंदै भनेको छ — “यदि तुरुन्त समाधान गरिएन भने, संगठन देशव्यापी आन्दोलनमा जानेछ।”
जिल्ला अध्यक्ष डिल्ली भट्टराई र जिल्ला इन्चार्ज बिक्रम कुमालद्वारा हस्ताक्षरित ज्ञापनपत्र तल उल्लेख गिरएकाे छ ।

जिल्ला अध्यक्ष डिल्ली भट्टराई र जिल्ला इन्चार्ज बिक्रम कुमालद्वारा हस्ताक्षरित ज्ञापनपत्र

 

Next Post

जुम्लामा ‘हाईल्याड  क्याफे एण्ड बेकरी’ को उद्घाटन

११ श्रावण २०८२, आईतवार १३:१२
जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकामा ‘हाईल्याड  क्याफे एण्ड बेकरी’ नामक नयाँ क्याफे तथा बेकरीको  उद्घाटन एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ। स्थानीय युवा हरिस न्यैपाने ले क्याफे तथा बेकरीको सन्चालन मा ल्याएका हुन ।  यस क्याफेले गुणस्तरीय सेवा र स्वादिलो परिकारमार्फत ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको सन्चालक न्यैपाने ले जानकारी […]