चन्दननाथ मन्दिरमा निर्माण भएको विवाह मण्डप भत्काइयो

महेश चाैलागाँई १० मंसिर २०८१, मंगलवार २०:१३

चन्दननाथ भरवनाथ मन्दिरको पूर्वतिर निर्माण भएको यज्ञशाला (विवाह मण्डप) भत्काईएको छ । पुरातत्व विभागको २०७९ पुष १८ र २०८१ भदौ २६ गतेको पत्र अनुसार विवाह मण्डप भत्काईएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्था समितिका अध्यक्ष अमरवहादुर थापाले बताउनु भयो । पुरातत्व विभागले दुई पटक गरेको परिपत्रको पालना गर्दै मन्दिर भित्र निर्माण भएको आधुनिक संरचना तत्कालै हटाउन उल्लेख गरेको उहाँको भनाइ छ ।

पुरातत्व विभागको पत्रका आधारमा २०८१ मंसिर ५ गते गुठि व्यवस्था समिति जुम्लाले मंसिर ११ गते विवाह मण्डप भत्काउने निर्णय भए अनुसार डोजर प्रयोग गरि भत्काईएको उहाँको भनाइ छ । २०७८ सालमा पूर्णसिंह कठायत गुठि व्यवस्था समितिको अध्यक्ष भएका बेला ९ लाख मन्दिरको रुपैयाँ र ३ लाख अन्य व्यक्तिको सहयोगबाट करिब १२ लाख रुपैयाँमा विवाह मण्डप निर्माण भएको थियो ।

निर्माण भएको तिन वर्ष नपुग्दै विवाह मण्डप भत्काईएको प्रति पूर्वअध्यक्ष पूर्णसिंह कठायतले आक्रोस व्यक्त गर्नु भएको छ । विवाह मण्डप निर्माण गरेको प्रतिशोध साध्नका लागि भत्काईएकोे उहाँको भनाइ छ । मन्दिर भित्र सिमेन्ट प्रयोग गरी निर्माण भएका भवनहरु पनि भत्काईनु पर्ने कठायतले बताउनु भयो । सर्वसाधरणले सहज रुपमा विवाह गर्न पाएको मण्डप भत्काईनु दुखद भएको उहाँको भनाइ छ ।

यता वर्तमान गुठिका अध्यक्ष थापाले पुरातत्व विभागकोे आदेशलाई पालन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, भत्काउनु पर्छ भन्ने पक्षमा समितिका पदाधिकारी छैनन् । पुरातत्व विभागसँग समन्वय र सहकार्य नगरी त्यतिबेलाको समितिले विवाह मण्डप बनाएको हुनाले भत्काउन परिपत्र भएको थापाले बताउनु भयो ।

Next Post

४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्दै बर्दियाको बारबर्दिया नगरपालिका

१० मंसिर २०८१, मंगलवार २०:१३
बारबर्दिया नगरपालिकाले यस बर्ष ४ वटा वडालाई बाल विवाह मुक्त घोषण गर्ने प्रक्रिया अगाडी बढाएको छ । मंगलबार नगरस्तरीय बालअधिकार समितिको बैठक बसी बाल विवाह मुक्त वडा घोषणाका लागि कार्यदल गठन गरी पाँच दिन भित्रमा चार वटैवडामा अनुगमन गरी कार्यपालिकामा बुझाउने निर्णय गरेको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर २, […]

सम्बन्धित समाचार