नेपालगन्ज :बाँकेमा मंगलबार एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजे नेपालगन्ज उपमहानगरपालिका(१६ की ८० वर्षीया महिलाको र बिहान ९स्२० बजे अर्घाखाँचीको शितगंगा नगरपालिका(१२ का ४२ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
२१ भदौदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार गरिरहेकी उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो। उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो।
२७ साउनमा दुर्घटना भइ युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना भएका अर्घाखाँचीका पुरुष उनी ११ भदौमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर भएर आएका थिए। उनको ५ भदौमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरु दुबै जनाको मंगलबार नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो
योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। नेपालगन्ज उपमहानगरपालिकामा मात्र कोरोनाबाट ५ जनाको मृत्यु भइसकेको छ। यसअघि पनि शिक्षण अस्पताल कोहलपुरमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका कैलाली, बर्दिया र अछामका एक एक जनाको ज्यान गएको थियो।